• मुर्कुची , रौतामई-७, उदयपुर
  • ०३५-४१००२९

श्री नमुना माध्यमिक बिद्यालय

२०१८ सालमा प्राथमिक तहको अनुमति लिदै स्थापित भएको यस विद्यालयमा २०३६ सालदेखि नि.मा.वि , २०५१ सालदेखि मा.वि. र २०६४ सालदेखि उ.मा. वि . तह संचालन भएको हो । विद्यार्थीलाई व्यवहारिक र व्यवसायिक शिक्षा प्रदान गर्ने उद्देश्यले यस विद्यालयमा २०७६ सालदेखि प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ्ग विषयको पठनपाठन संचालन भएको छ । शैक्षिक सत्र २०७७ सालदेखि यो विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्र सानोठिमी भक्तपुरबाट छनौट भई कार्यक्रम अगाडि बढाइएको छ । रौतामाई गाउँपालिकका अधिकांश वडाहरु, उदयपुरगढी गाउँपालिकका ७ र ८ नं वडाहरु र त्रियुगा नगरपालिकाका ७ र १६ नं वडाहरु सेवाक्षेत्र रहेको यस विद्यालयमा हाल ०–१२ कक्षा सम्म साधारणतर्फ र प्राविधिक धारतर्फ गरी लगभग १००० जना बालबालिका अध्ययनरत छन् भने शिक्षक तथा कर्मचारी संख्या २९ रहेको छ ।

Read More
top
Exam Schedule Of Rautamai Rural Municipality-2079