• मुर्कुची , रौतामई-७, उदयपुर
  • ०३५-४१००२९

परिचय

२०१८ सालमा प्राथमिक तहको अनुमति लिदै स्थापित भएको यस विद्यालयमा २०३६ सालदेखि नि.मा.वि , २०५१ सालदेखि मा.वि. र २०६४ सालदेखि उ.मा. वि . तह संचालन भएको  हो । विद्यार्थीलाई व्यवहारिक र व्यवसायिक शिक्षा प्रदान गर्ने उद्देश्यले यस विद्यालयमा २०७६ सालदेखि  प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ्ग विषयको पठनपाठन  संचालन भएको छ । शैक्षिक सत्र २०७७ सालदेखि यो विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्र सानोठिमी भक्तपुरबाट छनौट  भई  कार्यक्रम अगाडि बढाइएको छ । रौतामाई गाउँपालिकका अधिकांश वडाहरु, उदयपुरगढी गाउँपालिकका ७ र ८ नं वडाहरु र त्रियुगा नगरपालिकाका ७ र १६ नं वडाहरु  सेवाक्षेत्र रहेको यस विद्यालयमा हाल ०–१२ कक्षा सम्म साधारणतर्फ र प्राविधिक धारतर्फ गरी लगभग १००० जना बालबालिका अध्ययनरत छन् भने  शिक्षक तथा कर्मचारी संख्या २९ रहेको छ ।

परिकल्पना

प्रविधिमैत्री ,बालमैत्री तथा विद्यार्थीकेन्द्रित शिक्षण अवलम्बन गर्दै सेवाक्षेत्रका  बालबालिकाहरुलाई  कक्षा १२ सम्मको व्यवहारिक ,सीपमूलक तथा गुणस्तरीय  शिक्षा प्रदान गर्दै विद्यालयलाई विद्यार्थी तथा अभिभावकहरुको आकर्षणको केन्द्र  बनाउँदै यस क्षेत्रको उत्कृष्ट विद्यालयको रुपमा स्थापित गर्ने ।

उद्देश्यहरु

यस विद्यालयको परिकल्पना प्राप्तिका लागि निर्धारण गरिएका उद्देश्यहरु  देहायबमोजिम रहेका छन् ।

१. विद्यालयको सिकाइ वातावरण प्रविधिमैत्री ,बालमैत्री तथा विद्यार्थी केन्द्रित बनाउने ।

२. सूचनाप्रविधिको अधिकतम  उपयोग गरी शिक्षणसिकाइ क्रियाकलाप संचालन गर्ने ।

३. विद्यालयमा आवश्यक पर्ने भौतिक पूर्वाधारको विकास गर्ने ।

४. विद्यालयका शैक्षिक,भौतिक तथा प्रशासनिक लगायतका सम्पूर्ण गतिविधि चुस्तदुरुस्त ,पारदर्शी तथा जवाफदेही बनाउने ।

५. व्यवहारिक तथा सीपमूलक शिक्षाको माध्यमबाट श्रमको सम्मान गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने ।

६. विद्यालयमा नियमितरुपमा अतिरिक्त क्रियाकलाप तथा सहक्रियाकलाप संचालन गर्ने ।

७. विद्यालयमा अनुपस्थित हुने ,कक्षा छोड्ने, कक्षा दोहोर्‍याउने दर न्यून गर्ने ।

८. विद्यालयका सम्पूर्ण  पक्षको सक्षमता अभिवृद्दि गर्दै सिकाइ उपलब्धि वृद्दि गर्ने ।

९. विपद व्यवस्थापनको लागि आवश्यक पर्ने कार्यक्रम संचालन गर्ने ।

top
Exam Schedule Of Rautamai Rural Municipality-2079