• मुर्कुची , रौतामई-७, उदयपुर
  • ०३५-४१००२९

प्रधानाध्यापकको भनाई

२१औं सताब्दी बिज्ञान र प्रविधिको युग हो । सूचना सञ्चार प्रविधि विद्यालयको लागि अपरिहार्य भइसक्यो । बिद्यालयमा भएको हरेक गतिविधिलाई आम अभिभावक, विद्यार्थी तथा सरोकारवाला व्यक्ति तथा संस्थामा पुर्‍याई सार्वजनिक गरी सुशासन कायम गर्नु विद्यालयको कर्तव्य भित्र पर्दछ ।

सूचना र प्रविधिको माध्यमबाट सम्बन्धित सबैले घरै बसेर बिद्यालयको सम्पूर्ण गतिविधिको जानकारी लिन पाउनु तथा विद्यालयलाई आवश्यक सल्लाह सुझाब समेत उपलब्ध गराउन पाउनुले यस विद्यालय संचालन तथा व्यवस्थापनमा अमुल्य सहयोग पुग्ने अपेक्षा गरेको छु । यसै सन्दर्भमा यस नमुना मा.वि.मुर्कुचीले धेरै अघि देखि विद्यालयको वेवसाईट बनाउने प्रयास गरेको भएतापनि सिमित आर्थिक स्रोत र प्राविधिक जनशक्तिको अभावका कारणले यो सम्भव भएको थिएन । यद्यपी यस विद्यालयबाट कक्षा १० सम्मको अध्ययन पूरा गरी निजामती सेवामा सेवारत पूर्व विद्यार्थीहरुको तर्फबाट कानून अधिकृत प्रमोद बि.क.को संयोजकत्वमा यस विद्यालयको वेबसाईट बनाउने कार्य सम्पन्न भएको छ ।

वेबसाईटको सम्पूर्ण खर्च पूर्व विद्यार्थीहरुले नै व्यहोरेर यस नमुना मा.वि.को ५९ औं बार्षिक उत्सब तथा १७औ अभिभावक दिवको अवसरमा प्रदेश नं. १ का प्रदेश सभा सदस्य माननीय नारायण बुर्जा मगर ज्यूबाट वेवसाईटको समउद्घाटन गरी हाल संचालन तथा व्यवस्थापनमा विद्यालयको गतिविधिहरुलाई अपडेट गर्न थालिएको छ ।

भरखरमात्र यसको प्रयोग गर्ने कार्यको शुरुवात भएकोले यसको अपडेट गर्ने कार्यमा विद्यालयले निरन्तरता दिने छ । यसलाई व्यवस्थित बनाउन अझै केही सुझाहरु भए वेवसाईटको सूझाब तथा गुनासो सुनुवाईमा वा विद्यालयको इमेलमा समेत दिनुहुन अनुरोध गर्दै वेवसाईट निर्माता तथा वेवसाईट सहयोग गर्ने पूर्व विद्यार्थीहरुलाई मेरो व्यक्तिगत तर्फबाट र विद्यालयको तर्फबाट मुरीमुरी आभार व्यक्त गर्न चाहान्छु ।  

top
Exam Schedule Of Rautamai Rural Municipality-2079