• मुर्कुची , रौतामई-७, उदयपुर
  • ०३५-४१००२९

भौगोलिक पृष्ठभूमि (सेवाक्षेत्र)

श्री उ.मा.वि. मुर्कुची उदयपुर जिल्लाको सदरमुकाम गाईघाट देखि २६ कि.मी. उत्तर–पश्चिममा पर्ने जिल्लाकै चौथो व्यस्त बजार मुर्कुचीमा अवस्थित छ । रौता गा.वि.स.को वडा नं.–९ मा पर्ने यो ठाउँ जिल्लाको २ नं. र ३ नं. निर्वाचन क्षेत्रमा पर्ने १५÷१६ वटा गा.वि.स.को व्यापारिक नाकाको रुपमा चिनिन्छ । चुरे पहाडको उत्तरतर्फ र महाभारतपर्वतको काखैमा रहेको यो ठाउँ नेपालको भित्री मधेशको भावर क्षेत्रमा पर्दछ । विश्वको मानचित्रमा यो ठाउँ २६०८९’ उत्तरी आक्षांस तथा ८६० ६२’ पूर्वि देशान्तरमा पर्दछ । समुद्री सतहदेख यस ठाउँको उचाई ३३८.४८ मीटर छ ।

यो विद्यालय रौतामाई ७ ,मुर्कुचीमा अवस्थित भएपनि यस विद्यालयमा समस्त रौतामाई गाउँपालिकाका वडा नं. ७,८ का विद्यार्थीहरु,त्रि.न.पा.७,१६ का विद्यार्थीहरु, ११,१२ मा उदयपुरगढी गा.पा.का विद्यार्थीहरु र छिटफुट रुपमा अन्य गाउँपालिकाका विद्यार्थीहरु अध्ययन गर्छन । निचोडमा भन्दा ३ वटा भन्दा बढी गा.पा.र न.पा.यस विद्यालयका सेवा क्षेत्र हुन् ।

श्री नमुना
top
Exam Schedule Of Rautamai Rural Municipality-2079