• मुर्कुची , रौतामई-७, उदयपुर
  • ०३५-४१००२९

ऐतिहासिक पृष्ठभूमि

यस विद्यालयको जन्म वि.सं २०१८ सालमा तत्कालिन डिल्लीबर पञ्चायतको वडा नं. ७ डिल्लीबरमा स्थापना भएको थियो । संचालनको क्रममा विविध कारणले सो ठाउँमा विद्यालय चल्न नसकी सोही गा.वि.स.को कोप्चेमा तत्कालिन शिक्षाप्रेमीहरु धर्मध्वज थापा, शीवमर्दन थापा, लिल बहादुर राना, पृथ्वी बहादुर लायो, जयपति तामाङ्ग, वाल बहादुर लायो र धन बहादुर केप्छाकीको सक्रिय पहल कदमीमा सारियो । उक्त ठाउँमा करिब पाँच वर्ष विद्यालय संचालन भए पश्चात पुनः खमारे भन्ने ठाउँमा विद्यालय सारियो ।

यसरी सार्दा पनि विभिन्न कठिनाई भोग्नु परेपछि विद्ययाल खमारे , बेल्टार हुदै राजाबस सारेर संचालन गरियो । राजाबस विद्यालय हुँदा २०४५ सालमा आएको भू–कम्पले विद्यालय भवन क्षत्विक्षत हुने गरी भत्किएकोले फेरि विद्यालय संचालन गर्ने भवन निर्माण गर्न आवश्यक भयो । सहयोग दाताहरुकोखोजीको क्रममा रेडवार्ना नेपाल विद्यालय भवन निर्माणमा सहयोग गर्न तत्पर देखियो तर कुन ठाउँमा विद्यालय भवन निर्माण गर्ने भन्ने विषयमा फेरि पनि समाजमा विवाद देखिएकाले बेल्टार र राजावासको बीचमा पर्ने मुर्कुची बजारमा विद्यालय भवन निर्माण गर्ने निधो भयो । सोहि अनुरुप २०४६÷०४७ मा रेडवार्ना नेपालले ३ वटा भवनहरु निर्माण गरिदियो । प्रत्येक व्लकमा ४ वटा कोठा गरी जम्मा १२ वटा कोठाको विद्यालय भवन निर्माण भयो । यो विद्यालयमा २०१८ देखि ०३५ सम्म प्रा. वि. तह, ०३६ देखि ०५० सम्म नि.मा.वि. , ०५१ देखि ०६३ सम्म मा.वि. तह र ०६४ देखि उ.मा.वि. तह संचालन भईरहेको छ ।

top
Exam Schedule Of Rautamai Rural Municipality-2079