• मुर्कुची , रौतामई-७, उदयपुर
  • ०३५-४१००२९
विद्यालय सुधार योजना निर्माण प्रक्रिया

पछिल्लो विद्यालय सुधार योजनाको समीक्षा

आर्थिक वर्ष २०५६÷०५७ देखि परीक्षणको रुपमा सुरु गरी २०५८÷०५९ देखि देशभर लागू गरिएको विकेन्द्रित शैक्षिक योजना वि.सु.यो यस विद्यालयले पनि बनाउँदै आएको छ । पछिल्लो पटक वि.स.२०७३ सालमा विद्यालय सुधार योजनाको निर्माण गरी अद्यावधिक गर्दै आएको थियो । यस योजनाबाट प्राप्त भएका उपलब्धि,राम्रा पक्ष, सुधारात्मक पक्ष तथा सिकाइ यसप्रकार रहेका छन् ।
राम्रा पक्ष
१.विद्यार्थी भर्नादर बृद्धि भएको
२ शैक्षिक सामग्रीको प्रयोगमा बृद्धि भएको
३.शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी र जवाफदेही बनाउनका लागि विषयगत रुपमा करार गर्न थालिएको
४.भौतिक सुविधा थप गरिँदै
५.बजेट परिचालन तथा खर्च प्रणालीलाई पारदर्शी बनाइएको
६. बाल संरक्षण समिति गठन भएको
७ .विद्यालयमा नर्सको व्यवस्था भएको
८.प्राथमिक उपचार तथा सहायता बक्स तयार भएको
सुधारात्मक पक्ष
१.कक्षा छोड्ने दर घटाउनु पर्ने
२.सिकाइ उपलब्धिलाई बढाउनु पर्ने
३. वि.व्य.स., शि.अ.संघ तथा अभिभावकलाई क्रियाशील तथा थप जिम्मेवार बनाउने
४. शैक्षिक सामग्रीको निर्माण,संकलन,सुरक्षा र प्रयोग बढाउने
५.शिक्षकलाई अभिमुखीकरण तालिमको व्यवस्था गर्ने
६.विद्यालय जोखिम नक्सा निर्माण गर्ने
७.विपद् व्यवस्थापन समिति गठन गरी विपद् प्रतिरोधी योजना निर्माण गर्नु पर्ने
८.बाल संरक्षण समितिलाई थप सक्रिय बनाउनु पर्ने
सिकाइ
१. बढी महत्वकांक्षी योजना बनाउन नहुने
२.योजना बनाउँदा कार्यान्वयन गर्न सकिने खालको वस्तुवादी योजना निर्माण गर्नु पर्ने
३.योजनाको कार्यान्वयन पक्ष बलियो बनाउनु पर्ने
४.योजना कार्यान्वयनमा सरोकारवाला सबै जिम्मेवार हुनु पर्ने

top
Exam Schedule Of Rautamai Rural Municipality-2079